नवनियुक्त मुख्यमन्त्री कार्कीले भने– ‘कोशीमा सहमतीय सरकार बन्छ’

लोकपथ
175
Shares

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशीमा मध्यावधिको संकट टरेको र सहमतीय सरकार बन्ने बताएका छन् ।

पद तथा गोपनियताको शपथग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दैै उनले भने, ‘कोशीमा मध्यावधिको सम्भावना टरेको छ। प्रदेश सभा विघटन नहुने भएको छ । अब सहमतिको सरकार बन्छ।’

प्रदेश प्रमुख परशुराम खापुङले शनिबार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई उनको दल नेपाली कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सभा सदस्यहरुको साथ रहेको छ ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट शमशेर राई र एमालेबाट राजकुमार राना मगरलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?