मतपत्र छपाइ रोकियो, अब चुवाब के हुन्छ ?

काठमाडौं, १० कात्तिक – निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छाप्ने योजना स्थगन गरेको छ । शुक्रबार (आज) बाट प्रत्यक्षतर्फको मतपत्र छाप्ने योजनामा रहेको आयोगले सर्वोच्च अदालतको पछिल्लो आदेशपछि स्थगन गरेको हो । आयोगले औपचारिक प्रतिक्रियामा भने समानुपातिकतर्फको मतपत्र छाप्ने कार्य नसकिएका कारण प्रत्यक्षतर्फको छपाइ केही दिन पर सरेको जनाएको छ, राजधानी दैनिकमा खबर छ आयोगले ८ कात्तिकसम्म समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइ सकेर १० कात्तिक (आज) बाट प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गर्ने बताएको थियो । सर्वोच्च अदालतले अपहेलनासम्बन्धी एउटा रिटको आदेशमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष प्रणालीतर्फको मतपत्र छुट्टाछुट्टै हुनुपर्ने आशय व्यक्त गरेपछि आयोगले आन्तरिक परामर्शपछि मात्र छपाइ थाल्ने भएको हो आयोगका प्रवक्ता नवराज ढकालले भने आयोगको कार्यतालिका अनुसार १० गतेबाट प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्यतालिका रहेको भए पनि केही लम्बिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?