घर फर्किने कोही यात्रु अलपत्र पर्नु पर्दैन : उपाध्यक्ष सिटौला

लोकपथ
35
Shares

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँ मनाउन घर फर्किन चाहाने सबैका लागि टिकटको व्यवस्था गरिने दाबी गरेको छ ।

महासङ्घका केन्द्रीय उपाध्यक्ष सरोज सिटौलाले यसवर्षको चाडपर्वमा कोही पनि यात्रु अलपत्र पर्न नपर्ने गरी टिकटको व्यवस्था गरिएको जानकारी दिएका हुन् । कोही पनि यात्रु सवारी साधनको अभावमा अलपत्र पर्न नपर्ने व्यवस्था मिलाइएको उनको दाबी छ ।

चाडपर्व विशेष समयमा नै टिकट सकिएपछि यात्रुहरू अलपत्र पर्ने र आफ्नो गन्तव्य सम्म पुग्न निकै नै असहज हुने गरेको गुनासो आईरहेका बेला उनले यो वर्ष त्यो समस्या नहुने ठोकुवा गरे ।

‘हामी व्यवस्थापन गर्दैछौँ । यात्रुहरू पठाउँदै छौं । टिकट पाइँदैन भन्ने कुरामा अगाडिको सिटको चाहिँ पाउँदैन । अगाडि नै टिकट बुक गरिसकेका हुन्छन् । सडकको क्लियर कुरा नभएको कारणले क्युमा भएका रुटमा भएका सबै गाडीको अग्रिम बुकिङ खल्ला गरिएको छ ।’ उनले भने ।

अहिलेसम्म ७० प्रतिशत भन्दाबढी टिकट सकिएको उनले बताए । तर टिकट अभाव हुन नदिने उनको भनाई छ ।
‘करिव ७० प्रतिशत भन्दा अग्रिम टिकट काटिसकेको छ । अन्य गाडीहरू दैनिक रुपमा आउँछ । सडकबाट गाडी यहाँ नआइपुगुन्जेल रिक्स लिएर टिकट काट्न समस्या छ । गत वर्षमा पनि टिकट पाउँदैन भन्ने गुनासोहरू आउँथ्यो । तर हामी सबै यात्रुहरूलाई मेची महाकाली पु¥याएका छौं । बाटो सडकको कारणले पनि गाडी आवत जावतमा समय लाग्ने गरेको छ । ’

उनले यात्रुवाहक सवारी साधनलाई कहिँ पनि डिस्टर्ब नगरी आवत जावत गराइदिन सम्बन्धित निकायलाई आग्रह गरेको बताए ।

त्यस्तै दसैं मानेर घर फिर्कनेहरुका लागि पनि तयारी गरिएको उनको भनाई छ । उनले उपत्यका बाहिर र उपत्यका भित्रको सवारी चालकहरूलाई हरेक दिन सेवा उपलब्ध गराउन पनि आग्रह गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?