जंगल सफारी लजको दसैँ धमाका

लोकपथ
98
Shares

काठमाडौं । आन्तरिक पर्यटन प्रर्वदन तथा घुम्ने संस्कृति विकास गर्न चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले “ दसैँ धमाकां” योजना ल्याएको छ ।

कार्तिक १ देखि कार्तिक ३० सम्म लागु हुने यस योजना अन्तर्गत नेपाली पर्यटकले प्रति व्यक्ति दुई रात तीन दिनको प्याकेज मात्र १२ हजार रुपैयाँमा सौराहा घुम्न पाउनेछन् ।

४ वर्ष मुनिका बालबालिकाहरुलाई नि:शुल्क र ५ देखि ९ वर्षको हकमा २५ प्रतिशत छुट गरिएको लजले बताएको छ । यस प्याकेजमा सहभागी हुनेले दुई वटा लन्च, दुई वटा डीनर र ब्रेकफास्ट सहित निकुञ्ज भित्रको जीप सफारी, डुंगा सयर, जंगल पद यात्रा,हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन् , जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए ।

सहुलियत मुल्यमा स्विमिंग पुल, पूर्ण वातारण अनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको अन्य गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाई छ । “दसैँको बेला नेपालमा रहनु भएका र बाहिर बाट नेपाल आउनु भएको नेपालीहरुलाई कता घुम्ने भईरहेको हुन सक्छ, त्यही भएर यो योजना ल्याएको उनले जानकारी दिए । “हामीले विगत एक दशक देखि दसैं तिहारको समयमा यस्तै योजना ल्याउँदै आएका थियौं, सफल पनि भयौं त्यसैले यो वर्ष पनि निरन्तरता दिंदै छौं,”।

जंगल सफारी लजले विभिन्न सभा गोष्ठीको लागि सेमिनार हलमा समेत यो अवधि भर विशेष छुट दिने बताएको छ र नेपालमा रहनु भएका एक्सप्याटहरुलाई पनि छुट दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?