गृह मन्त्रालयमा यस्तो बिजोग

काठमाडौं, १० कात्तिक- मन्त्री र सचिव हेरफेरका कारण निर्वाचनकेन्द्रित सुरक्षा रणनीति बनाउन नसकेपछि गृह मन्त्रालयले आफू मातहतको निकाय नेपाल प्रहरीको भरमा चल्न थालेको छ, राजधानी दैनिकमा खबर छ । स्थानीय तह निर्वाचन सुरक्षा रणनीति आफैं बनाएको गृह मन्त्रालय विभागीय मन्त्रीको व्यस्तता र निर्वाचन सम्मुखमा सचिव फेरिएको भन्दै नेपाल प्रहरीले बनाउने सुरक्षा रणनीतिलाई नै अनुमोदन गर्ने तयारीमा लागेको हो ।‘स्थानीय तहको निर्वाचन सकिएलगत्तै मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षा योजना बनाएको थियो तर शान्तिसुरक्षा महाशाखा प्रमुखदेखि मन्त्रीसम्म हेरफेर भएपछि त्यो योजना अलपत्र परेको छ,’ गृह स्रोतले भन्यो तत्कालीन गृहमन्त्री जनार्दन शर्माले ६ वटा प्रदेशका प्रहरी प्रमुखलाई आफ्नो क्षेत्रको सुरक्षा अवस्थाको विषयसहित समेटेर सुरक्षा योजना तयार गरेका थिए । उनले मन्त्रालयमै बोलाएर आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए सो योजनाको विषयमा मुख्य सचिव तथा तत्कालीन गृहसचिव लोकदर्शन रेग्मीले केही हेरफेर गर्नुपर्ने बताएका थिए । अहिले सरुवा भएर आएका गृहसचिव मोहनकृष्ण सापकोटाले सुरक्षा निकायका अधिकारीहरूसँग ब्रिफिङ लिइरहेका छन् आगामी १० र २१ मंसिरमा दुवै निर्वाचन एकैपटक तर दुई चरणमा हुने भएकाले मन्त्रालयले मातहत निकायका सुरक्षाकर्मीहरूलाई आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी गराउन निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?