२९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

लोकपथ
483
Shares

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य दुई हजार नौं सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आईतबार २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदी मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?