काठमाडौं । कोशी प्रदेशका नवनियुुक्त मुख्यमन्त्री केदार कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
शनिबार मुख्यमन्त्री बनेसँगै काठमाडौं आएका कार्कीले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई आइतबार बिहान ओली निवास बालकोटमा पुगेर भेटघाट गरेका हुन् ।
मुख्यमन्त्री नियुक्त भएसँगै विराटनगरबाट काठमाडौं आएका कार्की विमानस्थलबाट सिधै कांग्रेस नेता डा. शेखर कोइराला भेट्न पुगेका थिए । एमालेका ३९ र कांग्रेसका ८ जनाको समर्थनमा कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदैछन् । भने आजै सानो आकारको मन्त्रिमण्डल बनाउने समेत बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया