नेपाल टेलिकमद्वारा चाडपर्व अफर उपलब्ध सार्वजनिक

लोकपथ
63
Shares

काठमाडौं । नेपालीहरुको महान चाड दशैँ तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।

यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने छ ।

दशैंका लागि यो अफर भोलि (२०८० असोज २८) देखि प्रारम्भ हुनेछ र आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ ।

अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।

त्यसैगरी ९८ रुपैंयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने एक सय ९९ रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, दुई सय ९४ रुपैंयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र तीन सय ९९ रुपैंयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत सात सय ८९ रुपैंयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइने छ । यस अनुसार दुई सय देखि चार सय ९९ रुपैयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन एक जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी पाँच सय रुपैंयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले चार दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।

सजिलो अनलिमिटेड ११९९ प्याकेज : यसअघि रु. १४९९ पर्ने सजिलो अनलिमिटेड प्याकेज अबदेखि रु. ११९९ मा उपलब्ध हुनेछ । यस अफर अन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जीबी डाटा उपलब्ध हुनेछ । यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ । पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ ।

असोज २८ देखि कात्तिक १० गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट ग्राहकहरुले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?