एकआपसको आलोचना र साथबाटै राष्ट्र निर्माणको अभियान सफल बनाउनु पर्छ : महामन्त्री शर्मा

लोकपथ
21
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एकआपसमा आलोचना गर्दै, साथ दिदैँ यो देशलाई समृद्ध बनाउनु पर्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उनले हामी सबै दलहरु मिलेर साझा रुपमा लोकतान्त्रिक प्रणालीबाट यो देशलाई बनाउनु पर्ने भन्दै देशमा केही हुँदैन भन्ने मनोविज्ञान हटाउनु पर्ने बताए ।

उनले भने, ‘देशमा केही हुदैँन भन्ने मनोविज्ञान हटाउँनु पर्छ, यो देश राम्रो भएको छ । त्यसको जिम्मा हामी सबैले साझा रुपमा लिनु पर्छ । केही भएको छ, धेरै गर्न बाँकी छ, धेरै बनाउँन बाँकी छ बनाउने हो यही लोकतान्त्रिक प्रणालीबाट बनाउने हो हामीले बनाउँने हो । एकआपसमा आलोचना गर्दै, साथ दिँदै यो देश बनाउँने हो, बनाउँन सकिन्छ ।’

यस्तै, उनले हामीलाई वीर गोरखाली, कहिल नहार्ने भनेर जुन पढ्दै आएका छौँ त्यो गलत भएको भन्दै पछिल्लो पुस्तालाई देशले हारेको थियो जित्न बाँकी छ भनेर सिकाउनु पर्ने बताए ।

उनले भने, ‘हामीलाई वीर गोरखाली, कहिल नहार्ने भनेर जुन पढाउँने गरिन्छ । त्यो गलत हो हामी हारेका हौ । दारजलिङ्, टिस्टासम्म हाम्रो थियो । हामीले के सोच्यौँ भने हामीले दुनियाँसँग जितिसकेका छौँ अब आफ्नोसँग मात्रै जित्न आवश्यक छ । तर हामीले जित्न बाँकी छ, पछिल्लो पुस्तालाई यो देशले हारेको थियो । भनेर सिकाउनु पर्छ ।’

उनले राम्रोलाई जस्ले गरेको भएपनि राम्रो काम भनेर मान्न सक्नु पर्ने तर्क गर्दै भने ‘वीपि कोईरालालाई सोच्दै गर्दा एउटा दलको मात्रै नसोचिकन, गान्धिले त्याग गरेको प्रधानमन्त्रीको कुर्सि चाही त्याग अनि गणेशमान सिंहले खान्न भनेर भनेको प्रधानमन्त्रीको त्यागलाई काङ्ग्रेस भनेर लेपन गरिराख्ने कुरा हुँदैन । हामी विश्वका धेरै देशभन्दा अगाडि छौँ । त्यसैले त्यो हिनताबोध पछिल्लो पुस्तामा, हामीमा छ भने त्यो भत्काउनु पर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?