साताको सेयर : राष्ट्र बैकको परिपत्रले पनि बढाउन सकेन नेप्से

लोकपथ
65
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो अर्थात मार्जिन लोन सम्वन्धी कर्जा व्यवस्थालाई परिमार्जन गरेपनि सेयर बजारमा भने यसले सकारात्मक प्रभाव पार्न नसकेको देखिएको छ । गत साता राष्ट्र बैंकले मार्जिन लोन सम्वन्धी १२ करोडको कर्जा सिमालाई परिमार्जन गरी व्यक्तिगतको हकमा १५ करोड र संस्थागतको हकमा २० करोडको कर्जा व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । उक्त व्यवस्था पछि सेयर बजारमा केही सुधार आउने अपेक्षा लगानीकर्ताहरुले गरेका थिए । तर राष्ट्र बैंकको उक्त परिपत्र कार्यान्वययनमा आएपश्चात पनि लगातार घट्न थालेको नेप्सेले साताको अन्तिम कारोबार दिनसम्म पनि निरन्तरता पायो । सोही कारण यो साता नेप्से परिसुचक १८ सय ७४ दशमलव ६० खुम्चिन पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५९ दशमलव १३ अंकमा खुम्चिन पुगेको छ ।

यो साता दुुई सय ९२ वटा कम्पनीहरुको दुई लाख ६८ हजार नौं सय ९७ पटकको कारोबारमा दुई करोड ५७ लाख २१ हजार आठ सय ५८ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम सात अर्ब चार करोड ३७ लाख ९८ हजार नौं सय ५६ रुपैंयाँ ६१ पैसा कायम भएको छ । यो कारोबार रकम गत साता कै बराबरको हो । गत साता पनि नेप्सेमा दुुई सय ८६ वटा कम्पनीहरुको तीन लाख ३२ हजार दुई सय ९७ पटकको कारोबारमा दुई करोड ५३ लाख ५१ हजार आठ सय ५८ कित्ता शेयर खरिद–बिक्री भएको थियो । सोही खरिद बिक्रीका आधारमा उक्त साता सात अर्ब छ करोड ३३ लाख ५२ हजार नौं सय ६३ रुपैंयाँ ८१ पैसा सेयर किनबेच भएको थियो ।

नियमित कारोबारको लागि यो साता पाँच दिन नैं खुल्ला रहेको नेप्से पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन लगातार घटेको थियो भने चौंथो दिन बढेको थियो । दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो दिन ३५ दशमलव ६७ अंकले घटेर १९ सय २१ दशमलव २४ अंकमा झरेको नेप्से दोस्रो दिन १२ दशमलव ५८ अंकले घटेर १९ सय आठ दशमलव ६६ अंकमा खुम्चिन पुगेको थियो । तेस्रो दिन पनि १९ दशमलव छ अंकले घटेर १८ आठ सय ८९ दशमलव ५९ अंकमा सिमित भएको नेप्से चौंथो दिन भने पाँच दशमलव १६ अंकले बढेर १८ सय ९४ दशमलव ७६ अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन भने नेप्से २० दशमलव १६ अंकले घटेर १८ सय ७४ दशमलव ६० अंकमा खुम्चिन पुगेको थियो ।

यसैगरी पहिलो दिन पाँच दशमलव ७९ अंकले घटेर तीन सय ६७ दशमलव ५७ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन पनि दुई दशमलव ८३ अंकले घटेर तीन सय ६४ दशमलव ७४ अंकमा खुम्चिन पुगेको थियो । तेस्रो दिन पुन तीन दशमलव ४५ अंकले घटेर तीन सय ६१ दशमलव ३१ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन शुन्य दशमलव ७७ अंकले बढेर तीन सय ६२ दशमलव शुन्य आठ अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन भने सेन्सिटिभ इन्डेक्स दुई दशमलव ९५ अंकले घटेर तीन सय ५९ दशमलव १३ अंकमा खुम्चिन पुगेको थियो ।

यो साता सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?