काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताएका छन् ।
बुधवार संसद भवनमा सञ्चारकर्मीसँगै कुरा गर्दै नेता थापाले यस्तो गम्भीर विषयमा पार्टीमा छलफल नै नगरी विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय उचित नभएको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउँदै सो निर्णय गरेका थिए ।
‘पार्टीभित्र (छलफल) भएको छैन, पार्टीभित्र गम्भीर विषयमा (छलफल) हुनुपथ्र्यो, यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मेजर कदमहरु उठाउनुभन्दा पहिले बैठक बोलाउनुपर्छ, बैठकमा छलफल हुनुपर्छ, यस्तो किसिमको कार्यशैली उचित होइन’ उनले भने ।
‘कुनै पनि चिजको निम्ति राम्रो, गम्भीर तयारी गरेर, पर्याप्त छलफल गरेर सरोकार भएका ठाउँमा छलफल चलाएर कदम चाल्नुपर्ने थियो तर, अपरिवक्व ढंगले निर्णय गरेको देखियो’ उनले भने ।
यसैगरी सरकारले यस विषयमा पार्टीका नेतासँग छलफल नगरेका गरेको निर्णयमा आफूले साथ दिन नसकिने नेता थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया