कोशी कांग्रेस संसदीय दलका नेता उद्दव थापाले दिए राजीनामा

लोकपथ
117
Shares

विराटनगर । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिएका छन् । थापाले आज (शनिबार) आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

उनले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएका हुन् ।

थापा २०७९ पुस १५ गते प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका थिए । उनले दलको नेतामा उम्मेदवारी दर्ता गराएका तीन जनामध्ये १८ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

यस्तै उनी  गत असार २१ मा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?