नेपाल र जापानबीच कामदार आपूर्तिबारे सहमति, एमओसीमा हस्ताक्षर गर्ने तयारी


प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार ०९:०९

काठमाडौं । नेपाल र जापानबीच कामदार आपूर्तिबारे समझदारी भएको छ । 

दुई देशबीच ‘कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’(एमओसी)मा समझदारी जुटेको हो । सहमतिपछि अब एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद बैठमा पशे हुने क्रममा रहेको छ । श्रम

तथा रोजगार मन्त्रालयका अनुसार जापानसँग यहि मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना छ । 

त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषदमा पठाउने र त्यसपछि हस्ताक्षरको मिति तय गर्ने मन्त्रालय स्रोतले जनाएका छ । 

कामदार आपूर्तिका लागि सरकारीस्तरबाटै संयन्त्र खडा गरेर जापानमा दुबै देश सहमत भएका छन् । अब म्यानपावर व्यवसायीले जापानमा कामदार पठाउदा छुट्टै प्रक्रियाबाट पठाउनु पर्ने छ । 

नेपाल र जापान सरकारले कोरियाको जस्तै छुट्टै संयन्त्र बनाएर कामदार छनोट गरी पठाउने व्यवस्था हुने छ । 

कामदार लैजाने विधि, प्रक्रिया, लागत, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयमा दुवै देश टुंगोमा पुगेको हो । 

समझदारी भएपछि भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट प्रक्रियाको थालनी हुनेछ । 

जापानसँग कामदार आपूर्ति प्रक्रियामा म्यानपावर लगायतका बिचौलिया संयन्त्रलाई सहभागी नगराउन र शून्य लागतमै कामदार लैजाने व्यवस्था गर्न नेपालले अनुरोध गरेको थियो । 

 

Tags :
प्रतिक्रिया दिनुहोस
जनतावाट अनुमोदित सरकार अधिनायकवादी हुन सक्दैन : उपप्रधानमन्त्री पोखरेल

काठमाण्डौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले जनताको हित विपरीत सरकार जान नसक्ने

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५’ लाई सर्वसम्मतिले

राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाइएको छ: मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि

समाजलाई भड्काउने उत्शृंखल खालका गतिविधिप्रति मन्त्री भट्टराईद्वारा चिन्ता व्यक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उत्शृंखल