दबाब दिन प्रदेश प्रमुखको कार्यालयमा ४८ सांसद लिएर पुगे केदार कार्की

लोकपथ
936
Shares

काठमाडौं । एमालेसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका कांग्रेसका केदार कार्की प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

४८ जना सांसदहरु सशरिर प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेको निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकपथलाई जानकारी दिए ।

नेकपा एमालेका ३९ जना र कांग्रेसबाट ९ जना गरी हामी ४८ जना प्रदेश प्रमुखको कार्यालयमा पुगेको बताए ।

‘दाबी पेश गर्ने समय सकिएको कारण प्रदेश प्रमुखको निर्णय सुन्नका लागि हामी प्रमुख ज्यू को कार्यालयमा बसिरहेका छौँ ।’ कार्कीले लोकपथसँग भने ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम केदार कार्कीले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनलाई नेकपा एमालेको साथ रहेको छ । यता नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनलाई उनको दल माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादीको समर्थन रहेको छ ।

राप्रपाको साथ गठबन्धनले खोजेपनि राप्रपा भने तटस्थ बस्ने निर्णय गरेको छ ।

प्रदेश प्रमुख खापुङले आज साझ ५ बजेसम्मका लागि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि समय दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?