काठमाडौं । नागरिक अधिकारकर्मीहरुले आज सिंहदरवार अगाडि प्रदर्शन गरेका छन् ।
गत फागुन २४ गते सरकारले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतसँग गरेको ११ बुँदे सहमतिको विरोध गर्दै नागरिक अभियान्ता कृष्ण पहाडीको संयोजकत्वमा भएको प्रशर्दनमा प्रहरीले हस्तक्षेत्र गरेको छ ।
बुधवार दिउँसो सिंहदरबार अगाडी पुगेका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका प्रदर्शनकारीलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । तर, प्रहरीले कति प्रदर्शनकारीलाई पक्राउ गर्यो त्यसबारे केही बोलेका छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया