‘निर्वाचन सार्ने खेल’प्रति ओली–प्रचण्डको खबरदारी

काठमाडौं, १० कात्तिक- वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी १० र २१ मंसिरका लागि तय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सारे अमान्य हुने बताएका छन् । उनीहरूले निर्वाचन सारे पुनः संसद् ब्युँत्याउने चेतावनीसमेत दिएका छन् दुई दलले बिहीबार राजधानीमा संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपालको सार्वभौमसत्ता नेपाली जनतामा रहेको र निर्वाचनमा प्रतिकूल प्रभाव र असर पार्ने कुनैपनि प्रकारका काम–कुरा नेपाली जनतालाई सह्य नहुने समेत चेतावनी दिएका हुन् । दुई दलले देश निर्वाचनमा अग्रसर भइसकेको अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग हुने मतपत्रका सम्बन्धमा अनावश्यक बहस विवादमा नअल्झी घोषित समयमा निर्वाचन सम्पन्न गर्न सबैसँग अपिलसमेत गरेका छन्, राजधानी दैनिकमा खबर छ ‘निर्वाचनलाई घोषित समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरू तथा नेपाली जनताको साझा कर्तव्य हो,’ एमाले अध्यक्ष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘निर्वाचन प्रक्रिया तीव्र रूपमा अघि बढ्दै उम्मेदवारहरू प्रचारप्रसारमा जुटिरहेको स्थितिमा निर्वाचनका सम्बन्धमा कहीँ कतैबाट पनि कुनैपनि किसिमको भ्रम, अन्योल र अवरोध सिर्जना हुनुहुँदैन,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ । दुई दलले निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र जनतामा अन्योल र संशय उत्पन्न हुने कुनैपनि प्रकारका काम–कुरा नगर्न सबैसँग आग्रहसमेत गरेका हुन् बुधबार सर्वोच्च अदालतबाट जारी आदेशप्रति ध्यानाकर्षण भएको जनाउँदै अहिलेको मतपत्र कानुनी रूपमा ठीक भएको दाबीसमेत गरेका छन् । ‘मतपत्रको ढाँचाबाट कुनैपनि नागरिक या मतदाताको कुनै संवैधानिक, कानुनी, मौलिक तथा नागरिक हकको प्रयोगमा बाधा नपुग्ने, मतपत्रमार्फत मतदाताले आफूले मन पराएको दल या उम्मेदवार छनोट गर्न र तत्सम्बन्धी निजको गोपनीयतामा कुनै व्यवधान नपुग्ने तथ्य स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?