कोशी प्रदेश : प्रदेश प्रमुख खापुङ कानुनी परामर्शमा

लोकपथ
13
Shares

काठमाडौं । दुवै पक्षले दाबी पेश गरेपछि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कानुनी परामर्श थालेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले गठबन्धनको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरेका थिए । भने एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरे । दुवैले आफूूहरुले बहुमत पुर्याएको दाबी गरेपछि खापुङले कानुनी परामर्शमा रहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

‘दुवै पक्षले दाबी पेश गर्नुभएको छ । प्रमुखज्यू कानुनी परामर्श हुनुुहुन्छ ।’ उनले भने, ‘५ बजेसम्मको समय छ । त्यसपछि उहाँले निर्णय लिनुहोला’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?