काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभा बठैक अवरुद्ध गरेको छ । टीकापुर घटनाको छानवि गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो ।
बुधवार प्रतिनिधिसभा बैठक शुरु भए लगत्तै राजपा सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिएको थियो । यादवले टीकापुर घटनाको छानवि गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
उनले भने, ‘सरकारले जबसम्म प्रतिवेदन सार्वजनिक गर्दैन तबसम्म संसदको कारबाही चल्न दिँदै नौ ।’ लगत्तै संसद अवरुद्ध गरेका छन् ।
उता सभामुख महराले राजपाले उठाएको प्रश्नको विषयमा संसदले सरकारको ध्यानाकर्षण गराइसकेको र गृहमन्त्रीले संसदमै जवाफ दिएको भन्दै अवरुद्ध नगर्न आग्रह गरेका थिए । तर, राजपा सांसदहरु उठिरहेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया