कोशी प्रदेश : केदार कार्कीलाई समर्थन गर्ने ८ जनालाई हस्ताक्षर फिर्ता लिन आग्रह

लोकपथ
195
Shares

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी पेश गरेका केदार कार्कीसहित ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ ।

आज विराटनगरमा बसेको बैठकले सो निर्णय गरेको हो । बिहीबार कांग्रेससँग असन्तुष्ट केदार कार्की पक्षका ८ प्रदेश सभा सदस्यले हस्ताक्षरसहित कार्कीलाई मुख्यमन्त्री बनाउन लागेका थिए । तर पार्टीलाई एकतावद्ध बनाएको सन्देश दिन बैठकले हस्ताक्षर फिर्ता लिएर गठबन्धनलाई समर्थन गर्न आग्रह गरेका छन् ।

बिहीबार एमालेका २९ सहित कांग्रेसका ८ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित कार्कीलाई मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

यता माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले कांग्रेस माओवादीसहितका दलहरुको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । आज प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?