कोशी प्रदेश सरकार गठनमा तटस्थ बस्ने राप्रपाको निर्णय

लोकपथ
208
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेश सरकार गठनका विषयमा तटस्थता कायम गरेको छ ।

आज पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

दुवै पक्षले बहुमत दाबी गरिरहेका कारण आफूहरुले अहिले तथस्त बस्ने निर्णय गरेको उनले बताए ।

‘कोशी प्रदेशको सन्दर्भमा हामीले तटस्थ बस्ने निर्णय गरेका छौँ ।’ उनले भने ।
६ सिटसहित प्रतिनिधित्व गरिरहेको दल राप्रपा कोशी प्रदेशमा सरकार निर्माणका लागि निर्णायक मानिएको छ ।

त्यसो त यसअघि बिहीबार एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले बहुमतसहित प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । कार्कीलाई उनको दल नेपाली कांग्रेसका ९ र एमालेका ३९ प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ ।

यता माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि कांग्रेस माओवादीसहितका दलहरुको समर्थन रहेको भन्दै कोशीमा दाबी पेश गरेका छन् । दुवै पक्षले आ–आफ्नो दाबी पेश गरेसँगै प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि समय माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?