यी हुन् कोशीमा एमालेसँग मिलेर केदार कार्कीलाई समर्थन गर्ने ८ सदस्य (नामावलीसहित)

लोकपथ
533
Shares

काठमाडौं । कोशी प्रदेशमा सरकार गठनका लागि कांग्रेसको केदार कार्की समूहले एमालेको सहयोगमा मुख्यमन्त्रीमा दाबी पेश गरेको छ ।

माओवादीका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले माओवादी, कांग्रेससहितका दलहरुको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आङ्बोले केदार कार्कीसहितको पनि नाम उल्लेख गरेपछि कार्कीले प्रदेश प्रमुख परशुुराम खापुङलाई एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

जसमा एमालेका ३९ जना सांसदहरुको हस्ताक्षर रहेको छ । भने कांग्रेसबाट कार्कीसहित रामबहादुर खत्री, शमशेर राई, इन्दिरा थापा, लिला कुमारी राई, गोविन्द गिरी, मानबहादुर लिम्बु र सुनिता कुमारी गुरुङले आफूहरूले मुख्यमन्त्रीमा आङ्बोलाई समर्थन नगरेको र भन्दै कार्कीलाई समर्थन गरेको जनाएका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश प्रमुख खापुङले शुक्रबारसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । सोही अनुसार आज दुवै पक्षले दाबी पेश गरेको हो । आङ्बोलाई उनको दल नेकपा माओवादीको १३, कांग्रेसको २१, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?