कोशी प्रदेश : कांग्रेसका उपनेताबाट हिमाल कार्कीले दिए राजीनामा

लोकपथ
26
Shares

काठमाडौं । कोशी प्रदेश नेपाली कांग्रेसका उपनेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका छन् । उनले सरकार गठन प्रक्रियामा असन्तुष्टी देखाउँदै उपनेताबाट राजीनामा दिएका हुन् ।

आज कोशी प्रदेशको मुख्यमन्त्रीका लागि माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेश गरेका छन् । यता नेपाली कांग्रेसका केदार कार्कीले बहुमत पुर्याएर प्रदेश प्रमुख परशुराम खापुङ समक्ष दाबी पेश गरेका छन् । उनले माओवादी, कांग्रेससहितको गठबन्धनको तर्फबाट दाबी पेश गरेका हुन् ।

यता नेपाली कांग्रेसको असन्तुष्ट पक्षले पनि केदार कार्कीलाई अघि सार्दै बहुुमत पुर्र्याएर दाबी पेश गरेको छ । एमालेका ३९ र कांग्रेसका ८ जनाको हस्ताक्षरसहित दाबी पेश गरेको निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले लोकपथलाई जानकारी दिए ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम आह्वान गरे अनुसार दुवै पक्षले दाबी पक्षले दाबी पेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?