काठमाडौं । कोशी प्रदेशमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।
आङ्बोले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितको टोलीले लिएर प्रदेश प्रमुख परशुुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश प्रमुख खापुङले गरेको आह्वान अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
यता नेकपा एमालेसहित कांग्रेसका असन्तुुष्ट पक्षले पनि कांग्रेसका केदार कार्कीलाई अगाडी बढाउँदै प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका छन् ।
एमालेका ४० (उपसभामुखसहित) र कांग्रेसका ८ सांसद दाबी पेश गर्न पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया