भायानेटको २४औँ बार्षिक उत्सव विशेष अफर र पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड

लोकपथ
98
Shares

काठमाडौं । भायानेट कम्युनिकेसन नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायक आफ्ना ग्राहकहरूलाई भरपर्दो र किफायती डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ।

सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागिपरेको छ ।

भायानेट ले २४औँ वार्षिक उत्सब को अवसरमा, विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३-महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक) पर्नेछ ।

यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्। यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५०५ सम्म छुट पाउनेछन्।

यस्तै आफ्ना ग्राहकहरु प्रति कृतज्ञता जनाउँदै, भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट निस्शुल्क अपग्रेड गरेको छ । जसमध्य भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एम्बिपिएस इन्टरनेट छ उनीहरुको २५० एम्बिपिएस अपग्रेड भएको छ, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहक ले निसुल्क ४०० एम्बिपिएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निशुल्क अपग्रेड गरेएको छ ।

भायानेट कम्युनिकेसनले भविष्यमा व्यक्तिगत र व्यावसायिक दुवै आवश्यकताहरूका लागि इन्टरनेट, टिभी र डिजिटल सेवाहरूको विकासशील मागहरू पूरा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?