काठमाडौं । झापामा एमाले नेता महेश बस्नेत सहभागि कार्यक्रममा गाडी तोडफोड भएको छ ।
झापाको अर्जुुनधारा नगरपालिकामा युवा संघको अधिवेशनका लागि नेता बस्नेत झापा पुगेका थिए । सो कार्यक्रममा बाहिर राखिएको एमालेका नेताहरु सवार गाडीमा तोडफोड गरिएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं निकटका व्यक्तिहरुले पहिचानवादीहरुको भिडमा मिसिएर पार्किङमा रोकेर राखिएको गाडीमा तोडफोड साथै कार्यक्रममा समेत अवरोध गर्न थालेपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
केही दिनअघि काठमाडौं युवा संघका केही कार्यकर्ताले दुर्गा प्रसाईलाई कालोमोसो दलेका थिए । सोही कारण दुर्गा प्रसाई निकट व्यक्तिहरुले गाडीमा तोडफोड गरेको हुनसक्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया