काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र पत्र नेपालकै पहिलो पहिलो पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीले बिहिबार रजिष्टर्ड कार्यालय नक्साल १, काठमाण्डौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभामा संस्थापक समुहबाट रिक्त संचालक पदमा बिराटनगर–१२, मोरङ्ग निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको छ । साथै, सामान्य प्रस्ताव तर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूकोे वार्षिक प्रतिवेदन, २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको छ ।
यसैका साथ, विशेष प्रस्ताव तर्फ सर्वसाधारणलाई शेयर निष्काशन ,कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्राउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
उक्त समारोहमा संस्थालाई योगदान पु¥यााउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान प्रदान समेत गरेको छ ।
फेडेरल विश्वकै प्रतिष्ठीत युनाईटेड रजिष्र्टड अफ सिस्टम (युआरएस) युनाईटेड किंगडमबाट आईएसओ ९००१ः२०१५ गुणस्तर प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र पुनर्बीमा दलाल कम्पनी हो । सो गुणस्तर चिन्हले समेत संस्थाको आन्तरिक प्रणाली, संस्थागत सुशासन, सेवाको गुणस्तर आदि मजवुत रहेको पुष्टि गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया