काठमाडौं । चेतन मानन्धरका हत्यारा योगराज ढकाल रिगलको मुद्दाको सुनुवाइबाट प्रधानन्यायाधीश विश्वम्बरप्रसाद श्रेष्ठ पन्छिएका छन् ।
आज प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको.थियो । तर सुनुवाइको केही समयपछि प्रन्या श्रेष्ठले त्यस्तै मुद्दामा यसअघि नै फैसला गरिसकेको कारण अर्को इजलासमा पेश गर्न आदेश दिएका हुन् ।
त्यससँगै उक्त मुद्दाको अर्को पेशी आगामी कार्तिक १४ गतेका लागि तोकिएको छ । अब भने फेरि उक्त मुद्दा नयाँ इजसालबाटै सुनुवाइ हुनेछ ।
चेतन मानन्धरको हत्यामा संलग्न रही कारागारमा रहेका रिगललाई संविधान दिवसका अवसरमा राष्ट्रपतिले आममाफी दिएका थिए । तर चेतनकी पत्नी भारती मानन्धरले रिगललाई जेलमै राख्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया