३१ श्रावण २०७९, मंगलवार

अब काठमाडौंबासी भए प्रकाशशरण, चुनाव यतैबाट लड्ने पक्का

२०७४,कार्तिक,१०,शुक्रवार ०१:४५

0
Shares

काठमाडौँ, १० कात्तिक – नेपाली काँग्रेसले मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका शीर्ष २२ जना नेताको निर्वाचन क्षेत्र टुङ्गो लगाएको छ नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको नेपाली काँग्रेस संसदीय समितिको बैठकले उम्मेदवारहरू टुङ्गो लगाएको जानकारी काँग्रेसको निर्वाचन प्रचार समितिका संयोजक बालकृष्ण खाँडले बताए पार्टीको निर्णयअनुसार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा डडेल्धुरा क्षेत्र नं. १, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ जिल्लाको क्षेत्र नं. १, पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं. १, महामन्त्री डा. शशाङ्क कोइराला नवलपरासीको (नवलपुर) जिल्लाको क्षेत्र १, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जाको क्षेत्र २, उपप्रधानमन्त्री विजयकुमार गच्छदार सुनसरी ३, पार्टीका नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नं. ३ बाट उम्मदवार हुनेछन् यसैगरी केन्द्रीय सदस्य महेश आचार्य मोरङ क्षेत्र नं. ४, अर्का केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल मोरङकै क्षेत्र नं. २, केन्द्रीय सदस्य डा. शेखर कोइराला मोरङको क्षेत्र नं. ६ बाट उम्मेदवार हुने भएको जानकारी पनि संयोजक खाँडले दिए यसैगरी नेताहरू डा. प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं. ५, एनपी साउद कञ्चनपुर क्षेत्र नं. २, रमेश लेखक कञ्चनपुर क्षेत्र नं. ३, डा. नारायण खड्का उदयपुर क्षेत्र नं. १, उदयपुरकै क्षेत्र नं. २ मा नारायण कार्की, बाराको क्षेत्र नं. ३ मा फरमुल्लाह मन्सुर, पर्साको क्षेत्र नं. ४ मा रमेश रिजाल, सुर्खेत क्षेत्र नं. १ मा पूर्णबहादुर खड्का र सुनसरी क्षेत्र नं. ४ मा ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बन्ने भएका छन् यसैगरी नेताहरू गगनकुमार थापा काठमाडौँ–४, अर्जुनप्रसाद जोशी पर्वत–१, नवीन्द्रराज जोशी काठमाडौँ–८ बाट उम्मेदवार बनेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए, गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१०,शुक्रवार ०१:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएकी

काठमाडौं । नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारीरिक सुगठनका प्रशिक्षहरूलाई प्रशिक्षण प्रदान गरेको छ । प्रशिक्षणबाट दीक्षित प्रशिक्षकहरूलाई नेपाल

बारा । बाराको निजगढ नगरपालिकाबाट गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशननै मौन देखिएको छ । निजगढ नगरपालिका–१२ वडा कार्यालयले

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुई जनाको मृत्यु भएको

ताजा समाचार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण
 २०७९,श्रावण,३१,मंगलवार १८:०५
थप ८४८ जनामा कोरोना संक्रमण
 २०७९,श्रावण,३१,मंगलवार १७:३९