सरकारलाई सांसद थापाको प्रश्न : भारतीय प्रधानमन्त्री मोदी नेपाल आएको हो कि होइन् ?

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा प्रवेश गरेको विषय सदनलाई जानकारी गराउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले भारतका प्रधानमन्त्री मोदी सुदूरपश्चिम नेपालको सीमावर्ती क्षेत्र अन्र्तगत पर्ने कालापानी, लिपुलेक र लिम्पयाधुरा अन्तर्गत पर्ने नेपाली भूमिमा भ्रमण गर्न आएको भन्ने कुरा आएको भन्दै सत्य कुरा सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

उनले भने,‘ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सुदूरपश्चिम नेपालको सीमावर्ती क्षेत्र अन्र्गत पर्ने कालापानी, लिपुलेक र लिम्पयाधुरा अन्तर्गत पर्ने नेपाली भूमिमा भ्रमण गर्न आएको भन्ने कुरा सत्य हो कि होईन ?यो सदनले त्यस बारेमा जानकारी चाहन्छ । म रुलिङको माग गर्दछु ।’
उनले शासकहरू यस्तो अवस्थामा मौन हुने विगतकै रोग भएको भन्दै सरकारको तर्फबाट सदन वेखबर बन्न नमिल्ने बताए ।

उनले भने,‘‘नेपाल सरकार किन बेखबर छ । शासकहरू यस्तो अवस्थामा मौन हुने विगत कै रोग हो । यस्तै कि रबैया अपनाएको हो कि के हो ? सरकारको तर्फबाट यो सदन वेखबर बन्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?