पाल्पालीलाई स्वास्थ्य बिमा सेवाबाट बन्चित गरिएको ठाकुरको दुखेसो

लोकपथ
21
Shares

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पाल्पाली जनताहरु स्वास्थ्य बिमाको सेवाबाट वञ्चित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जिल्ला अस्पतालमा एउटा डाक्टरको लागि मन्त्रीसँग भेटेपछि एकजना गएको पनि सरुवा गरेको भन्दै सरकारलाई के तरिका हो के भईरहेको भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘पाल्पाली जनताले स्वास्थ्य विमा मार्फत सेवा पाउँनु पर्ने बाल मन्त्रीसँग पनि आग्रह गरे तर पनि कुनै चासो भएन र पाल्पाली जनता अझै पनि विमा पाउँनबाट वञ्चित छन् ।

जिल्ला अस्पतालमा एउटा डाक्टरको लागि सदनमा बोले, मन्त्रीसँग पनि भेटेपछि एकजना डाक्टर १६ गते पुग्नु भयो तर १९ गते फेरि सरुवा भयो यो के तरिका हो के भईरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?