दुई पत्रकार पुरस्कृत

लोकपथ
42
Shares

काठमाडौं । ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’ जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला पाख्रीनले प्राप्त गरेका छन्

नेपाल पत्रकार महासंघ र नेपाल–अमेरिका पत्रकार संघ(नेजा)द्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला पाख्रीनलाई यसवर्षको पुरस्कार हस्तान्तरण गरेका हुन् ।

शाही “सन्धान अनलाइन“ र पाख्रीन “कान्तिपुर टेलिभिजन“मा सम्बद्ध छन् । नेजाको पहलमा स्थापित पुरस्कार राशि जनही एकलाख एघार हजार छ ।

पुरस्कृत पत्रकारलाई उपप्रधानमन्त्री श्रेष्ठ, महासंघका अध्यक्ष बिपुल पोखरेल, पूर्व अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, पत्रकार निर्मला आचार्य, नेजा अध्यक्ष सुरज भण्डारी लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?