काठमाडौं । काठमाडौंको बौद्धमा प्रहरी र लुटेरा समूहबीच जम्काभेट हुँदा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।
बिहीबार दिउँसो उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र लुटेरा समूहबीच गोकर्णेश्वर नगरपालिकाको जगडोल भन्ने स्थानमा जम्काभेट भएको हो । सो क्रममा लुटेरा समूहले हतियार देखाएपछि उपत्यका अपराध अनुसन्धानको टोलीले फायरिङ गरेको र एक जना घाइते भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले लोकपथलाई जानकारी दिए । उनका अनुसार अपराध अनुसन्धानको टोलीले ती समूहलाई केही दिनदेखि खोजी गरिरहेको थियो ।
उक्त समूहले सिन्धुपाल्चोकमा सुन लुटपाट गरेको भन्ने सूचना आएको थियो । उक्त समूहसँग हातहतियार समेत रहेको भन्ने थापा पाएपछि हामीले सो समूहलाई खोजिरहेका थियौँ ।’ उनले भने, ‘प्रहरीसँग त्यो समूहको जम्काभेट भएपछि नियन्त्रणमा लिन फायरिङ गर्दा १ जना घाइते भएका छन् ।’
सो समूहका अन्य २ जना गरी ३ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । उक्त समूहसँग प्रहरीले लुटपाटमा संलग्न केही सामग्रीसहित पेस्तोल र केही राउन्ड गोली समेत बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया