सन्दिप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

लोकपथ
70
Shares

 

काठमाडौं । बालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज बिहीबार पनि स्थगित भएको छ । लामिछाने विरुद्धको मुद्दा गोला प्रथाका क्रममा स्थगित भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको बताए ।

सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु आइनपुगेकोले गोला तान्ने क्रममा सो फाँटको सबै मुद्दा स्थगित भएको जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?