टुक्रे योजनाले देश समृद्ध हुन सकेनः शालिकराम जम्कटेल

उपेन्द्र जम्कटेल- काठमाडौं । देशमा टुक्रे योजनाले गर्दा देश मा समृद्धि हुन नसकेको ३ नं प्रदेश का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले बताएका छन् । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल पत्रकार महासंघ प्रदेश नं ३ को आयोजनामा पत्रकारिता पुनर्ताजगी तालिमको धादिङमा उद्घाटन गर्दै जम्कटेलले हामिभन्दा २० औँ बर्ष पछाडि रहेको देश विकास को मोडेल फेरेर हामी भन्दा विकसित भैसकेको उदाहरण दिदै  विकासको मोडेल फेर्न जरुरी रहेको बताए । 

प्रदेश को मन्त्रालय बैठकमा आफुले विकास को मोडेल फेरेर विकसित गरौ भनेर प्रस्ताव  राखेको जानकारी दिदै उनले भने,  प्रदेश ठुला ठुला विकास को योजनामा बजेट अनियमिताले विकास हुन सकेको छैन । यसको लागि कानुन र कर्मचारी संयन्त्र नै फेर्नु पर्छ ।

उनले भने अब पत्रकार ले समृद्धि को बारेमा लेख्नु पर्छ समृद्धि को आधार को वारेमा लेख्नु पर्छ । मन्त्री जम्कटेल ले आफुलाइ पत्रकारले क्रसर ,बालुवा , गिट्टीमा लगानी गरेको र आवश्यक कार्बाही प्रक्रियामा आलटाल गरेको भन्दै कपोकल्पित समाचार आएकोमा दुख लागेको भन्दै क्रसर , बालुवा , टिफर लगानी छ भने प्रमाणसहित देखाउनलाई चुनौती दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?