भूकम्पले थलिएको बझाङ : फेरि गयो ५.२ म्याग्निच्युडको भूकम्प

लोकपथ
175
Shares

काठमाडौं । बारम्बार भुकम्पले सताईरहेको बझाङमा गएराति फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।

त्रसित अामजनसमुदाय गएराति गएको भुकम्पले झनै भयभीत बनाएको छ ।

यही असोज १६ गते बझाङलाई केन्द्र बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पमा परि लथालिङ्ग बनेको बझाङमा बारम्बारको पराकम्पन गइरहेको थियो ।
सो भूकम्पमा परी बझाङमा १ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?