एमाले सुदूपश्चिमको अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत

लोकपथ
1.6k
Shares

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिमको अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत चयन भएका छन् ।

शुरुमा अध्यक्षको लागि ४ जनाको उम्मेदवारी परेको थियो । तर अन्य दुई जनाले उम्मेदवारी फिर्ता लिएसँगै अन्तिममा जैसी र अर्का उम्मेदवार भरत साउदबीच प्रतिष्पर्धा हुने तयारी गरिएको थियो । तर अन्तिममा साउदले पनि उम्मेदवारी फिर्ता लिएसँगै जैसी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

त्यस्तै उपसचिवमा भागरथी विष्ट र सचिवमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका हुन् । त्यसो त सचिव पदमा उम्मेदवारी दिएका जीवन बम, रतनबहादुर रेग्मी र राजेश खातीले उम्मेदवारी दिएसँगै रणबहादुर चन्द सर्वसम्मत सचिव बनेका हुन् ।
यसअघि नै उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत चयन भइसकेका छन् ।

एमालेको राजनीतिमा लामो समय लागेका जैसी तत्६कालिन अछाम जिल्लाका जिल्ला विकास समितिको सभापति समेत भएर काम गरेका थिए । शिक्षण पेशा छाडेर राजनीतिमा लागेका उनी पार्टीको गाउँ कमिटी हुँदै जिल्ला उपसचिव र दुइपटक सचिव भएर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?