काठमाडौं । इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ त्यसतर्फ जाने भएका छन् ।
आज राति ११ बजे नेपाल एयरलाइन्सको जहाज द्धन्दग्रस्त देश इजरायलमा जान लागेको छ । उक्त जहाजमा परराष्ट्रमन्त्री साउद आफैँ जान लागेको परराष्ट्रमन्त्रीका स्वकीय सचिव दिपक जोशीले लोकपथलाई जानकारी दिए ।
‘आज हुने फ्लाइटमा परराष्ट्रमन्त्री आफैँ जानुहुनेछ ।’ उनले लोकपथसँग भने ।
शनिबार हमास समूहले इजरायलमा हमला गर्दा १० नेपालीको निधन भएको छ । भने हजारौँ नेपाली प्रभावित भएका छन् ।
अहिले पीडितको उद्धारमा मात्रै जहाज जान लागे पनि शव लिनका लागि केही दिनपछि मात्रै ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया