सुदूरपश्चिममा एमाले अधिवेशन : कमल र बचनले लिए उम्मेदवारी फिर्ता, अझै सहमतिको प्रयास जारी

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेको नेतृत्वका लागि अब दुई जनाबीच प्रतिष्पर्धा हुने भएको छ ।

४ जनाले उम्मेदवारी दिए पनि २ जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब कृष्ण जैशी र भरत साउद चुनावी मैदानमा रहेका छन् ।

यसअघि चुनावी मैदानमा उत्रिएका कमल तिमल्सिना र बचनबहादुर सिंहले उम्मेदवारी लिएका हुन् ।

यता एमाले नेताहरु भने जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउने तयारीमा रहेका छन् । तर यता साउदले भने आफूले उम्मेदवारी फिर्ता लिनुपरेमा आफूपक्षीय नरबहादुर विक र भागिरथी विष्टलाई उपमहासचिव बनाउनुपर्ने शर्त अघि सारेका छन् ।

सुदूरपश्चिम प्रदेशको नेतृत्वका लागि आजका लागि निर्वाचनको मिति तोकिएको थियो । तर नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी गरेसँगै आज निर्वाचन हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?