काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै महिला अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् ।
महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी रिगललाई जेल चलान गर्न माग गर्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका व्यक्तिलाई कैद माफि दिएर सरकारले संविधानको धज्जी उडाएकाले आफूहरु प्रदर्शनमा उत्रिनु परेको महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले बताइन् ।
यस्तै अर्की आन्दोलनकर्मी कल्पना बस्नेतले भारतीले न्याय पाउनुपर्ने र पीडित महिलामाथि हिंसा गर्नु नहुने बताइन् ।
उनलाई कैद मिनाह दिइएको भन्दै त्यसको विरोधमा मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनसनरत छिन् ।
मानन्धर पत्नी भारती शेर्पा पक्षधर तथा युवा अभियन्ताहरूले दबाब पूर्ण प्रदर्शन गरेका छन् । राष्ट्रपतिको राजीनामा माग्दै नारा लगाएर उनीहरू माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्यालीको आयोजना गरेका हुन् ।
उनीहरुले चेतन मानन्धरको आत्मालाई शान्ती देउ, हाम्रो जीवनको रक्षा गर सरकार, जघन्य अपराधी रिगललाई जेल चलान गर, विधिको शासन पालना गर, क्रुर हत्त्याको आममाफि फिर्ता गर लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।
नेपालगञ्जका चेतन मानन्धरको हत्या आरोपमा अदालतबाट दोषि ठहर भइ जन्मकैदको सजायमा जेल परेका रिगललाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेको थियो ।
रिगललाई रिहा गरेको बारेमा परेको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया