कोशीमा नयाँ सरकार गठनबारे निर्णय लिन राप्रपाले बोलायो पदाधिकारी बैठक

लोकपथ
147
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको छ । कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिन राप्रपाले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको हो ।

बैठक शुक्रबार बिहान ८ बजे बस्ने र कोशी सरकारबारे निर्णय लिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ । संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा अर्को उपधारा बमोजिम सरकार गठन गर्ने गृहकार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?