सरकारले दोहोरो चरित्र देखाएको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

सिके राउत र रेमश चौधरी प्रकरणबारे बोल्दै भट्टराईले सो आरोप लगाएका हुन् । 

मंगलवार बिहान राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै राउतले राउतलाई सेटिङमा रिहा गरिएको दाबी गरे । 

उनले भने, छुट्टै मधेशको माग गर्ने सिके राउतलाई सरकारले सेटिङ गरेर निकाल्ने अनि राजनीतिक विद्रोह गर्नेलाई आजीवन कारावास हुने ?

टीकापुरमा सुरक्षाकर्मी मारिनु दुःखद भएको तर, सो घटना राजनीतिक विद्रोह भएको उनले बताए । 

पूर्वप्रधानमन्त्री भट्टराईले सरकार काण्डैकाण्डमा फस्दै गएका कारण जनता असन्तुष्ट भएको दाबी गरे । 

 ‘बाइडबडी काण्ड, सुनकाण्ड, एनसेल काण्ड, बुढीगण्डकी काण्डसहित काण्डैकाण्डमा सरकार फस्दै गएको छ’ भट्टराईले भने, ‘यसले मुलुकको आर्थिक विकासमा पनि नकारात्मक प्रभाव पारिरहेको छ ।’

भ्रष्टाचार बढेको, आर्थिक क्षेत्र कमजोर बन्दै गएको, वैदेशिक लगानी घट्दै गएको र आर्थिक सूचकांक ओरालो लागेको उनले बताए । काण्डैकाण्डमा फँस्नु र विकृतिहरु बढ्दै जानुको  सरकार असफल भएको उनको तर्क छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?