काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले विखण्डनको मुद्दा बोक्ने स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई सरकारसँग कारबाहीको माग गरेका छन् ।
शुक्रबार सीके राउत सँग सरकारले गरेको सहमतिले देशलाई कालान्तरमा दुर्घटनामा फसाउने थापाले दाबी गरेका हुन् ।
मंगलवार पत्रकार सम्मेलन गर्दै उनले मधेशमा सीके राउत पुग्दा भएको अखण्डताविरोधी नाराबाजी र स्वतन्त्र मधेसको झण्डा प्रयोग हुँदा सरकार मुकदर्शक बनेको आरोप लगाए ।
सरकारले विखण्डनलाई स्वीकार गरेका दाबी गर्दै थापाले सहमति कसको शक्ति र प्रेरणाले भयो भन्दै प्रश्न समेत उठए ।
नेपाल हिन्दुराष्ट्र बनाउन थापाले हिन्दुराज्यको पक्षमा देशभर जनलहर बढेको समेत दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया