आपराधिक पृष्ठभूमि भएर पनि चुनाव लड्नेदेखि मन्त्रीबन्ने सम्मको नालीबेली

काठमाडौं, १० कात्तिक- पहिलो संविधानसभा निर्वाचनमा रौतहट-१ मा स्वतन्त्र उम्मेदवार बबन सिंहले जिते । उनले अप्रत्यासित रूपमा जितेपछि निर्वाचन आयोगले थाहा पायो, आपराधिक पृष्ठभूमिका उनी प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा छन् सिंह निर्वाचन जितेर पनि संविधानसभा बैठकमा सहभागी हुन सकेनन् । जनताको चाहनाअनुसार नै आफूले जितेको भन्दै उनले संविधानसभा बैठकमा भाग लिन पाउनुपर्ने माग गरेका थिए । विभिन्न अपराधमा संलग्नहरू खुलेआम राजनीतिक दलमा छिरेर सांसदसमेत भएका छन् । गुन्डागर्दीमा संलग्न रहेको भनिएका रेशम लामा मन्त्री भए । कुनै समय गुन्डा समूहकै सदस्य रहेका तीर्थ लामा सांसद भए, अन्नपूर्ण पोस्टमा खबर छ सार्वजनिक अपराधलगायत विभिन्न मुद्दामा जेल बसिसकेका दीपक मनाङे यसपटक एमालेको समर्थनमा मनाङबाट प्रदेशसभा निर्वाचन लड्दै छन् । चन्दा असुलीमा प्रहरीले संगठित अपराधको मुद्दा चलाए पनि मनाङेले ६० दिन प्रहरी हिरासत र तीन महिना पुर्पक्ष बसेर सफाइ पाएका थिए गुन्डा नाइके गणेश लामा यसअघि निर्वाचन लडे पनि पराजित भएका थिए । यसपटक पनि उनी उम्मेदवार सिफारिस भएका छन् । कर्तव्यज्यान मुद्दा अदालतमा विचाराधीन रहेकै बेला एमाओवादी नेता बालकृष्ण ढुंगेलले पहिलो संविधानसभा चुनाव जितेका थिए । गुन्डा नाइके नै मानिने रोज राणा उम्मेदवार सिफारिस सूचीमा परेका छन् तर, आयोग र प्रहरी दुवैले यस्ता घटनाबाट सिकेको पाइँदैन । आयोग भन्छ, निर्वाचन गर्ने हाम्रो काम हो । प्रहरी भन्छ, सुरक्षा दिने हाम्रो काम हो । निर्वाचनमा कस्ता-कस्ता व्यक्तिले उम्मेदवारी दिएका छन्, तिनको पृष्ठभूमि के हो भन्नेबारे कसैले उजुरी गरेपछि मात्र आयोगले थाहा पाउँछ । कसैबाट उजुरी नपरे उम्मेदवार खराब पृष्ठभूमिको भएको निर्वाचनपछि मात्र थाहा हुन्छ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी मनोज न्यौपाने निर्वाचनमा उम्मेदवारबारे बुझ्ने काम निर्वाचन आयोगको भएको बताउँछन्  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?