संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

लोकपथ
42
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ ।

आगामी असोज २६ गते नेपाल आउने कार्यक्रम तय गरेका गुटेरसको भ्रमण तत्कालका लागि स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

उनले भनिन् ‘एसियामा पछिल्लो समय विकसित घटनाक्रमलाई हेरेर तत्कालका लागि भ्रमण नहुने जानकारी आएको हो । चाँडै उहाँको भ्रमण हुनेछ ।’

तीनदिने नेपाल भ्रमणका क्रममा उनले संघीय संसद्मालाई सम्बोधन गर्नुका साथै लुम्बिनी र पोखरा जाने कार्यक्रम पनि तय भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए

प्रथम र दोस्रो महासचिव क्रमशः ट्रेज ली र ड्याग ह्यामरसोल्डबाहेक राष्ट्रसंघका ६ पूर्वमहासचिवले नेपालको भ्रमण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?