काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् ।
ललितपुरको इमाडोलकी १७ वर्षीया नीता राउत सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरीले विषको बट्टा पनि फेला पारेको छ । प्रहरीका अनुसार किशोरी श्रीगुरु गेस्ट हाउसमा असोज ८ देखि बस्दै आएकी थिइन् । प्रेमीले पैसा सकिएर आइतबार आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा कोठामा मृत भेटिएको बयान दिएका छन् ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया