काठमाडौं । हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि नेपालगञ्जमा जारी कर्फ्यू र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यू र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाइएको जनाएको छ ।
हाल जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको हुँदा मिति २०८०/६र२३ गते बिहान ४ बजेदेखि पूर्ण रुपमा कर्फ्यू र निषेधाज्ञा हटाइएको विज्ञप्तिमा उल्लेख छ ।
साथै प्रशासनले कुनै अमुक व्यक्तिले गरेको क्रियाकलापलाई लिएर सम्पूर्ण समुदायलाई नै आक्षेप लगाउने, सर्वसाधारणलाई भड्काउने वा धार्मिक, सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि काम नगर्न सबैमा अपिल गरेको छ ।
सामाजिक सन्जालमा लेखेको विषयलाई हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो । पछि कर्फ्यू केही खुकुलो पारिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया