काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले सीके राउतसँगको सम्झौताले राष्ट्रिय अखण्डतामाथि नै प्रहार भएको टिप्पणी गरेका छन् । सरकारले सिके राउतसँग गरेको ११ बुँदे सम्झौतामाथि अनेक प्रश्न उठिरहेका बेला नेता पौडेलले सरकारको नियतमाथि नै प्रश्न उठाए ।
प्रेस युनियन, रुपन्देहीले बुटवलमा मंगलबार गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले भने, ‘सिकेसँग गलत सम्झौता गरेर सरकार आफैंले देशको अखण्डतामाथि प्रहार गरेको छ ।’
पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको पनि नेता पौडेलले आलोचना गरे ।
वाइडवडी काण्डमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति पनि नेता पौडेलले आपत्ति जनाए । आधिकारिक रुपमा छानविन गर्नुपर्नेमा सरकार दूधको साक्षी बिरालो जस्तै बनेको उनले बताए ।
उनले छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा पनि शंका व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया