एमाले सुदूरपश्चिमको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी, तिमिल्सिनाको सम्भावना बलियो

लोकपथ
238
Shares

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा कमल तिमिल्सिनासहित चार जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । २१ असोजबाट शुरु भएको अधिवेशनमा तिमिल्सिनासहित कृष्णप्रसाद जैशी, भरत साउँद र बचनबहादुर सिंहले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।

तिमिल्सिनाको समर्थकमा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसी र प्रस्तावकमा विष्णू चन्द रहेका छन् । सहमतिका लागि केन्द्रीय महासचिव शंकर पोखरेलले लामो कसरत गर्दा पनि सहमति हुन नसकेपछि निर्वाचन हुने भएको हो ।

महासचिव पोखरेल, सुदूरपश्चिमका प्रदेशका पूर्व अध्यक्ष दामोदर भण्डारी, केन्द्रीय सदस्य लालबहादुर लगायत झण्डै २० जना केन्द्रीय सदस्यको समर्थन तिमिल्सिनालाई रहेको छ । त्यसैले निर्वाचनको परिणाम पनि तिमिल्सिनाकै पक्षमा आउने लगभग निश्चित रहेको एक नेताले बताए ।

निर्वाचन समितिले बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तय गरेको थियो । त्यसलाई बढाएर १२ः३० सम्म पुर्याएको छ ।
त्यस्तै, एमाले सुदूरपश्चिमको उपाध्यक्षका लागि ५ जना र सचिवका लागि हालसम्म २ जनाको उम्मेदवारी परेको एमालेका एक नेताले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?