राष्ट्रियसभाको बैठक बस्दै

लोकपथ
49
Shares

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।

बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?