लुम्बिनीका अर्थमन्त्री मास्की सवार स्कार्पियो दुर्घटना

लोकपथ
0
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार स्कार्पियो दुर्घटनामा परेको छ ।

आइतबार अपरान्ह अर्थमन्त्री मास्की चढेको लु १ झ ७३८ नम्बरको स्कार्पियो खाल्डोमा खसेको हो ।

तुल्सीपुर उपमहानगरपालिका–१२ शीतलपुरमा कार्यक्रम सकेर फर्किनेक्रममा बच्चाले एक्कासी बाटो काट्दा उनलाई बचाउँन खोज्दा स्कार्पियो दुर्घटनामा परेको हो ।

स्कार्पियो एक्कासी सडकबाट तल खस्दा मन्त्रीसहित अन्यलाई केही सामान्य चोट लागेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?